दफा २३
कारबाहीको लागि लेखी पठाउने
(१) यस ऐन बमोजिम गरिएको निरीक्षण प्रतिवेदनबाट कुनै न्यायाधीश वा अधिकारीले मुद्दा मामिलाको रोहमा कुनै किसिमको त्रुटी गरेको वा गर्नु पर्ने काम नगरेको कारणले निज उपर कुनै कारबाही गर्नुपर्ने वा मुद्दा चलाउनु पर्ने देखिएमा सर्वोच्च अदालतले त्यसको आधार र कारण खुलाई न्याय परिषद वा सम्बन्धित मन्त्रालयमा लेखी पठाउन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्याय परिषद वा सम्बन्धित निकायले आफू समक्ष पेश भएको निरीक्षण प्रतिवेदनको आधारमा कारण खुलाई सम्बन्धित न्यायाधीश वा अधिकारी उपर कारबाही गर्ने वा मुद्दा चलाउने प्रक्रिया प्रारम्भ गर्न सक्नेछ ।